पान प्यासिफिक टेनिस: उपाधिका लागि नाओमी ओशाका र क्यारोलिना प्लिस्कोभा खेल्ने

 असोज ६, २०७५ शनिबार १७:१५:४४ | उज्यालो सहकर्मी

जापानमा जारी पान प्यासिफिक टेनिसको उपाधिका लागि घरेलु खेलाडी नाओमी ओशाका र चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभा प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार सम्पन्न सेमिफाइनलमा इटालीकी क्यामिला जियोर्जीलाई हराउँदै युएस ओपन च्याम्पियन ओशाका फाइनलमा प्रवेश गरेकी हुन् । घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गरेकी ओशाकाले जियोर्जीलाई खेलभरी नै दबाबमा राख्दै २–० को सेटमा जित हात पारिन् ।

पहिलो सेट ६–२ ले जितेकी ओशाकले दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पारिन् । उपाधिका लागि ओशाकाले चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभासँग खेल्नेछिन् ।
पहिलो सेमिफाइनलमा प्लिस्कोभा सर्बियन खेलाडी डोन्ना भेकिकलाई २–१ को प्रतिष्पर्धात्मक सेटमा हराउँदै उपाधि नजिक पुगिन् ।

चौथो वरियताकी प्लिस्कोभाले पहिलो सेटमा ६–२ को जित हात पारेकी थिइन् ।

तर दोस्रो सेटमा भने भेकिक विजयी भइन् । दोस्रो सेट भेकिकले ४–६ ले जितेपछि खेल तेस्रो सेटमा पुगेको थियो । तेस्रो सेटमा प्लिस्कोभा ६–३ ले विजयी भइन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया