पूर्व प्रधानन्यायधीश कार्की भन्छिन, न्यायलयमा ‘प्रभाव र दवाव’ पर्नु हुँदैन

 असोज ६, २०७५ शनिबार १८:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दवाव’ पर्न नहुने स्पष्ट पार्नु भएको छ ।

पूर्व प्रधानन्यायाधीश कार्कीले न्यायालयमा राजनीतिक प्रभाव र दवाव भए सरकार आफै कमजोर हुने चेतावनी दिनुभयो । शनिबार आफैले लेखेको पुस्तक ‘न्याय’ सार्वजनिक गर्दै उहाँले न्यायालयमाथि हुने हस्तक्षेपले लोकतन्त्रमाथि प्रश्न चिन्ह उठाउने बताउनुभयो ।

विधिको शासनलाई मार्ग निर्देश गर्न पनि सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पूर्व प्रधानन्यायाधिश कार्कीको तर्क छ । कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले पूर्व प्रधानन्यायाधीश कार्कीलाई साहसी प्रधानन्यायाधीशको रुपमा चित्रण गर्नुभयो ।

कार्की प्रधानन्यायाधीश नभएको भए भ्रष्टाचारको अभियोग लागेका तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्त बदर गर्न सक्ने अवस्था नहुने उहाँको दाबी थियो ।

पुस्तकमा कार्कीले प्रधानन्यायाधीशको रुपमा खेलेको भूमिकालाई केन्द्रमा राखेर न्याय सम्पादनका विभिन्न आयामको बारेमा चर्चा गरिएको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले पुस्तकमा आफूले देखेको र भोगेको सत्य कुरा ओकल्ने प्रयास गरिएको स्पष्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया