हुण्डीको कारोवार गर्ने ७ जना पक्राउ

 जेठ २२, २०७५ मंगलबार १६:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हुण्डीको कारोवार गरेको आरोपमा प्रहरीले सोमबार ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं थापाथलिका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ, भारतीय नागरिक शिवकुमार साङतानी, रविन्द्र चोखानी, राजकुमार सिघान्ची र जगदिश राना सरिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद ५१ लाख ४ हजार ५ सय रुपैयाँ, ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे रुपैयाँको बैंक चेक, मोबाईल, ल्याप्टप तथा ह्वाट्यप तथा वीच्याटमा गरिएको हुण्डीको कारोवारको विवरण, लेजर तथा कागजातहरु बरामद गरेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया