मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो, प्लेअफमा पुग्ने सम्भावना कायमै

 बैशाख २२, २०७५ शनिबार ६:५३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २२ –इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शुक्रबार रातीको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । किंग्स इलावेन पञ्जावलाई ६ विकेटले हराउँदै मुम्बईले अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । 

इन्दोरमा जितका लागि पाएको १ सय ७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईलाई जिताउन सुरेश यादवले ५७ रन बनाए । कप्तान रोहित शर्मा २४ तथा क्रुणाल पाण्ड्या ३१ रनमा नट आउट रहे । इशान किशानले २५ तथा हार्दिक पाण्ड्याले २३ रनको योगदान गरे । 
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै  १ सय ७४ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ४० बलमा ५० रन बनाए । लोकेश  राहुल २४ रन बनाएर आउट भए भने मार्कस स्टोइनिस २९ रनमा नट आउट रहे । पञ्जाबका युवराज सिंहको ब्याट शनिबारको खेलमा पनि चलेन । उनी १४ बलमा १४ रन बनाउँदा रनआउट भए । 

यो जितपछि ९ खेलबाट ६ अंक बटुलेको मुम्बई पाँचौ स्थानमा उक्लिएको छ । पञ्जावको भने ८ खेलबाट १० अंक छ र उ चौथो स्थानमा कायम छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया