एसिया कप : सुपर फाेरकाे दाेश्राे खेल, अाज भारत र पाकिस्तान, अफगानिस्तान र बंगलादेश खेल्दै

 असोज ७, २०७५ आइतबार ८:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटमा आज सुपर फोर अन्तर्गत दोस्रो खेल हुँदैछ ।

पहिलो खेलमा भारत र पाकिस्तानले आ-आफ्ना प्रतिद्वन्दीलाई पराजित गरेका थिए । एसिया कपमा सहभागि ६ टिममध्य सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा भिडेका हुन् ।

भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सुपर फोरमा एक अर्कासँग भिड्दै छन् । जस अन्तर्गत आज भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगलादेश भिड्न लागेका हुन् । सुपर फोर अन्र्तगत पहिलो खेलमा भारतले बंगलादेश तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका थिए ।

भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार सवा ५ बजे दुबईमा हुँदा सोही समयमा अफगानिस्तान र बंगलादेश सारजाह मैदानमा भिड्नेछन् । समूह चरणमा पनि भारत र पाकिस्तान तथा अफगानिस्तान र बंगादेश यसअघि भिडि सकेका छन् ।

भारतले समूह चरणमा पाकिस्तान र हङकङलाई पराजित गरेको थियो भने अफगानिस्तानले बंगलादेश र श्रीलंकालाई पाखा लगाएको थियो ।

आजको खेलमा भारत र पाकिस्तान मध्य एउटा टिम विजयी भए फाइनल पुग्ने सम्भावना बलियो हुने छ । दुवै टिमले पहिलो सुपर फोरमा विजयी भएकाले आजको खेलको नतिजाले फाइनल यात्रा सहज हुने छ ।

अफगानिस्तान र बंगलादेशले पहिलो खेलमा पराजित भएकाले आज विजयीहुने टिमको पनि सेमिफाइनल यात्राको सम्भावना जिवितै हुने छ । सुपर फोर अन्तर्गत अन्तिम खेलमा मंगलबार भारतले अफगानिस्तान र पाकिस्तानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया