युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्छ ।
आजदेखि उहाँ एकसय वर्षको हुनुभएको हो । राष्ट्रकविको विशेष जन्मदिनको अवसरमा उहाँको निवासमा बिहानैदेखि चहलपहल छ । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि परिवारका सदस्य, आफन्त, छिमेकी, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्व तथा अरु शुभचिन्तकहरु बधाई दिन उहाँकै निवास पुगेका छन् ।
राष्ट्रकवि घिमिरे आफ्नी धर्मपत्नीसँगै बसेर शुभकामना दिन आउनेहरुसँग सकेजति कुरा गर्ने प्रयास गरिरहनुभएको छ । एकसय वर्षको जन्मदिनको उपलक्ष्यमा उहाँको घरमा पूजापाठ पनि भैरहेको छ ।