ढिस्कोले पुरिएर चारजना घाइते, एक जनालाई हेलिकप्टरबाट काठमाडौं लगियाे

 असोज ७, २०७५ आइतबार १५:३२:३० | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका–९, काफलपानीका ४ जना महिलाहरु नजिकै पर्ने निगालपानीमा माटो खन्ने क्रममा पहिरोले पुरिएर घाइते भएका हुन् । टाउकोमा गहिरो चोट लागेका २५ वर्षका बालकुमारी गुरुङलाई हेलिकप्टर चार्टर गरी काठमाडौं टिचिङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर बिकले बताउनुभयो ।

त्यस्तै २६ वर्षका नीरमाया गुरुङको ढाड र हातमा चोट लागेको र उहाँलाइ पनि काठमाडौं लगिएको बिकले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम धादिङबेशीसम्म एम्बुलेन्समा ल्याइएको र उपचारपछि पनि बिरामीको अवस्था गम्भिर देखिएका कारण थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो । 

ढिस्को खसेर पुरिएका २० वर्षका कुलमाया गुरुङको हातमा चोट लागेको र अहिले जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको स्थानीय रेखबहादुर गुरुङले बताउनुभयो । त्यस्तै घाइते उषा गुरुङको मुरलीभञ्याङ स्वास्थ्य चौकीमा उपचार भैरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया