सरकारलाई चश्मा उपहार

 असोज ७, २०७५ आइतबार १५:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सकारले दोषी पत्ता लगाएर कारबाही गर्न नसकेको भन्दै महिला संघले आइतबार सत्य–तथ्य पत्ता लगाएर न्याय सम्पादनको माग गर्दै प्रधानमन्त्रीलाई एक थान चश्मा पठाएको हो । 

निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै असोज १ गते दिक्तेलमा बिरोध ¥याली प्रदर्शन गरेको महिला संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्रका साथमा चश्मा पठाएको छ । 

निर्मलाको हत्या र बलात्कारको घटनाका विषयमा सत्य–तथ्य पत्ता लगाएर कानुनी कारबाही गर्नेक्रममा सरकारको ‘दृष्टि भ्रम नहोस्’ भन्ने अपेक्षासहित प्रधानमन्त्रीलाई ज्ञापनपत्रका साथमा चश्मा उपहार पठाइएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताउनुभयो । 

घटना घटेको ५९ दिन बित्दा समेत अपराधीलाई पक्राउ गरी कानूनी कठ्घरामा उभ्याउनुको सट्टा सरकारले अपराधीलाई जोगाउन जालसाजी गरेको महिला संघले जनाएको छ ।

घटनाको सत्य–तथ्य पत्ता लगाएर कारबाही गर्नुको सट्टा प्रधानमन्त्रीले घटनाको संबेदलशीलता नबुझी जघन्य अपराधलाई उखान टुक्का र मजाकमा उडाएर महिला अस्मितामाथि अपमान हुँदा देशको शिर झुकेको संघकी अध्यक्ष राईले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया