मनमर्जियाँकाे दृश्य हेरेपछि कलाकारहरुलार्इ किन अाउन थाल्याे धम्की ?

 असोज ७, २०७५ आइतबार १६:४७:१४ | उज्यालो सहकर्मी

गएको हप्ता रिलिज भएको फिल्म ‘मनमर्जियाँ’ लाई लिएर धेरै विवाद भएको छ । 

यस फिल्मका केही दृश्यमा धुम्रपान गरिएको देखाइएपछि शिख समुदायले आपत्ति जनाउँदै फिल्मले धार्मिक भावनामाथि ठेस पुर्‍याएको आरोप लगाएको छ । 

आरोपपछि फिल्मबाट ती दृश्य हटाइएको थियो । तर पनि ट्रोल बनाउनेहरुले फिल्म र फिल्मका कलाकारलाई गाली र धम्की दिन छोडेनन् । फिल्मका अभिनेताहरु अभिषेक बच्चन र विक्की कोशललाई पनि अनेक धम्की दिइयो । यति मात्रै नभई यस फिल्मकी अभिनेत्री तापसी पन्नुलाईसमेत पिट्ने धम्की दिइएको छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले त ताप्सीलाई बेल्टले पिट्ने धम्कीसहितको आपत्तिजनक ट्वीट गरे । केही समयपछि ती व्यक्तिले त्यो ट्वीट भने डिलिट गरेका छन् । ट्वीट डिलिट गरे पनि मिडियामा सार्वजनिक भैसकेको थियो । 

ती व्यक्तिले लेखेका थिए, ‘म कसम खाएर भन्दैछु कि यदि म तापसीको पिता भएको भए मलाई एउटा बेल्ट र जुत्ता आवश्यक हुन्थ्यो । तापसीलाई पिटेर म उसको टाउकोसम्म पुगेको भूतलाई उतारिदिन्थें ।’ 

यो कुरा सार्वजनिक भएपछि तापसीका साथी अभिनेता अर्जुन कपूर र विक्की कौशललाई यो कुरा सह्य भएन । उनीहरुले त्यस व्यक्तिलाई जीवनभर नबिर्सने खालको जवाफ दिएका छन्  ।  

— Arjun Kapoor (@arjunk26) September 21, 2018

अर्जुन कपूरले लेखेका छन्, ‘कुनै पनि धर्मले हिंसाको स्वीकृति दिंदैन । त्यो व्यक्तिले जे भनेको छ उसलाई संसारभर कसैले माफ गर्न सक्दैन । जति पटक म त्यो पढ्दैछु, म भित्रको रिस उम्लिरहेको छ । कुन पुरुषलाई अधिकार छ कसैमाथि हात उठाउने ? अनि उसलाई अरुले के गर्नु हुन्छ र के गर्नु हुदैन भन्ने निर्णय लिन कसले छुट दिएको छ ?’

अर्जुनको यस कुरामा ‘मनमर्जियाँ’ अभिनेता विक्की कौशलले पनि साथ दिएका छन् । उनका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि ती ट्रोल बनाउने व्यक्तिको आलोचना गरेका छन् । 

फिल्म ‘मनमर्जियाँ’ मा रहेका धुम्रपानका दृश्यहरुलाई लिएर विवाद भएपछि पछि ती दृश्य हटाइएको थियो । यस फिल्मका निर्देशक अनुराग कश्यपले शिख समुदायको भावनामा चोट पुगेको प्रति माफी पनि मागेका थिए । 

साथै यस फिल्मका माध्यमबाट कुनै पनि धर्मलाई चोट पुर्‍याउने उद्देश्य कहिल्यै नरहेको पनि बताएका थिए । 
 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया