प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कैलाली – भजनी नगरपालिका ३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार तीन सयसहित एकजना पक्राउ परेका छन् ।
लम्की चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो ।
से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धीरेन्द्र शाहले बताउनुभयो । उहाँले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताउनुभयो ।