एसिया कप : अफगानिस्तानमाथि बंगलादेशकाे तीन रनको रोमाञ्चक जित

बंगलादेशको फाइनल पुग्ने सम्भावना जिवितै

 असोज ८, २०७५ सोमबार ८:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको दोस्रो सुपर फोरमा बंगलादेशले पहिलो जित निकालेको छ । पहिलो खेलमा भारतसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो ।

मंगलबारको खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् । याे खेलमा विजयी हुने टिमले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत र अफगानिस्तानबीचको खेलको नतिजाले फाइनल समिकरण भने केही परिवर्तन हुने छैन ।

अाइतबार रातिको खेलमा बंगलादेशले अफगानिस्तानमाथि ३ रनको रोमाञ्चक जित हात पारेको थियो । २५० रनको लक्ष्य पछ्याएको अफगानिस्तान ७ विकेट गुमाउँदै २४६ रनमा रोकिएपछि बंगलादेशको फाइनल पुग्ने सम्भावना जिवितै रहेको हो ।

सुरुमा दबाबमा आएको बंगलादेशका लागि इमरुल किएस र मोहमदुल्लाहले १२८ रनको साझेदारी गर्दै स्कोर उकासेका थिए । इमुरुल ७२ रनमा नट आउट रहँदा मोहमदुल्लाहले ७४ रन बनाएका थिए । २५० रनको लक्ष्य पाएको अफगानिस्तानले मध्य क्रममा राम्रो प्रदर्शन गरेपछि लक्ष्य भने भेटाउन सकेन ।

अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ७१ रन बनाउँदा मोहमद साहेजादले ५३ रनको योगदान दिएका थिए । बंगलादेशका मर्सरफे मोर्तजा र मुस्फिकुर रहेमानले दुई दुई विकेट लिएका थिए । अन्तिम सुपर फोरको खेलमा मंगलबार अफगानस्तिानले भारतसँग र बंगलादेशले पाकिस्तानसँग खेल्नेछन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया