ठगी अभियोगमा जेल परेका बस्नेत धरौटीमा रिहा

 जेठ २२, २०७५ मंगलबार १८:५४:९ | रमेश गिरी

भक्तपुर – ओरेण्टल सहकारी संस्था लगायत विभिन्न कम्पनीका नाममा एक अर्ब ६० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका सहकारीकर्मी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ ।

सहकारीको निक्षेप ठगी आरोपमा २०७३ पुस १३ गते ललितपुरको धापासीमा रहेको एक घरबाट पक्राउ परेका बस्नेत डिल्ली बजार सदरखोरमा सजाय भोगिरहेका थिए ।यसअघि काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवाना र त्यस्तै प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४  हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधिश भोजराज शर्माको एकल इजलासले राम खयरगोलीको जाहेरी रहेको मुद्धामा ७ लाख, गंगालाल खयरगोलीको जोहीको मुद्धामा ५ लाख र न्यायाधिस मोहमद जुनेद आजादको इजलासले जगत त्वायनाको जाहेरी मुद्धामा ५० हजार रुपैयाँ माग गरिएको थियो ।

बस्नेतले धरौटी रकम बुझाएपछि तारेकमा रिहा भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । बस्नेतको भक्तपुर जिल्ला अदालत, काठमाडौ, स्याङ्जा र उच्च अदालत पाटनमा दर्जनभन्दा बढी मुद्धा रहेको बताइएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया