आफैले चलाएको गोलीबाट मृत्यु

 असोज ८, २०७५ सोमबार १३:५३:४१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पामा आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर आज एक जनाको ज्यान गएकाे छ ।

रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कुलबहादुर विकले आफ्नै घरमा रहेको बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया