जेलरको हत्या गरी कैदी भागे

 असोज ८, २०७५ सोमबार १५:७:२७ | रासस
unn.prixa.net

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । त्यसक्रममा अन्य दुईजना घाइते भएको एक अधिकारीले सोमबार जानकारी दिएका छन् । 

आइतबार साँझ यो घटना भएको हो । जाबुल प्रान्तको शार ए सफा जिल्लामा अवस्थित एक जेलमा साँझ प्रार्थनामा बसेका कारागारका सुरक्षागार्डको बन्दुक खोसेर ती तालिबानी कैदीले गार्डको हत्या गरेका र अन्य दुई जनालाई घाइते बनाएका प्रान्तीय सरकारका प्रवक्ता गुल इस्लाम सयालले बताए । 

घाइतेमध्ये एक जना प्रतिआतङ्क प्रहरी प्रमुख रहेको सयालले बताए । जेलको स्वागत कक्षलाई आगजनी गरी आक्रमणकारी भने भाग्न सफल भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया