पुरै वडाले लियो जाँडरक्सी नखाने र जुवातास नखेल्ने सपथ

 असोज ८, २०७५ सोमबार १६:१३:३५ | सन्तोष थापा
unn.prixa.net

पर्वत –    महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ । 

सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । 

घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताउनुभयो । कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मुख मुलुकलाई लक्ष्यमा पुर्‍याउनका निम्ति सामाजिक विकृतिको पनि उन्मुलन आवश्यक रहेको बताउँदै महाशिला गाउँपालिकाले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । 

बालाकोटबासीले एक औपचारिक कार्यक्रममा सामूहिक रुपमा सपथ खाँदै आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने प्रतिवद्धता जनाएका थिए । सांसद गिरीले जाँड रक्सी, गाँजा र तासलाई खाडलमा पुरेर अभियानको घोषणा गरेका थिए । 

महाशिला गाउँपालिकाले मातहतका सवै वडाहरुमा अभियानलाई तीव्रता दिएको छ ।  गाउँगाउँमा भेला र बैठकबाट सामूहिक प्रतिवद्धता जनाउँदै घोषणा कार्यक्रमलाई अघि बढाइएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो, ‘पहिलो वडाको रुपमा वडा नं. ३ बालाकोटलाई गरिएको छ, भोक्सिङ घोषणा हुने चरणमा छ’, उहाँले भन्नुभयो, ‘अभियानमा सुरुमा निषेधित क्षेत्रका रुपमा नभई नियन्त्रित अभियानका रुपमा अघि बढाउने क्रममा छौँ ।’ 

यो अभियान पर्वत जिल्लाका सात स्थानीय तह अन्तर्गतकै पहिलो अभियान हो । अभियानले जिल्लाका सवै स्थानीय तहहरुलाई सिकाई भएको बताउँदै अन्य स्थानीय तहहरुलाई पनि यस्तो अभियानतर्फ ध्यान दिन समन्वय गर्ने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

3 Comments

  • दुर्गा

    Sept. 25, 2018, 6:45 a.m.

    राम्रो काम हो खुशी लाग्यो तर पूर्णरूपमा लागू हुन्छ भन्नेमा ढुक्क हुन सकिँदैन होला।किनकी पैयु हुवास देखि लुन्खु देउराली सम्म यो नीति लागू गरिए मात्रै यो अभियानले पूर्णता पाउने छ जस्तो लाग्छ।यो मेरो ब्याक्तिगत सोचाइ हो कृपया अन्यथा नलिनु होला।धन्यवाद

  •  0 Reply
  • Devi oli

    Sept. 25, 2018, 5:27 a.m.

    सार्है राम्रो कामको थालनी देश भरी यसरीनै सबैजना सचेत हुन आजको आवश्यकता मानिन्छ।

  •  0 Reply
  • ram bahadur thapa chhetri

    Sept. 24, 2018, 4:23 p.m.

    good job

  •  0 Reply

तपाईको प्रतिक्रिया