वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा मंगलबार बिहान भएको सडक दुर्घटनामा ज्यान गुमाएकी महिलाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास ४ निवासी चिजामाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा मंगलबार बिहान दुर्घटना हुदाँ २ महिलाको घटनास्थलमा ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाएका व्यास ११ मुलपानी घर भई हाल व्यास १ बस्ने सरस्वती कुँवर र चिजामायाको शव परिक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परी ८ यात्रु घाइते भएका छन् । घाइते मध्ये माइक्रो चालक म्याग्दे १ का तुलबहादुर विक र व्यास २ निवासी विष्णुमाया बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु दुवैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ ।