कांग्रेसले संसदमा सोध्यो : निजगढ विमानस्थलबारे वनमन्त्री र पर्यटनमन्त्रीबीच विवाद किन ?

 असोज ९, २०७५ मंगलबार १६:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय गौरवको आयोजना निजगढ विमास्थल निर्माणको समग्र कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको छ । 

निजगढ विमानस्थल निर्माणका बारेमा सरकारका मन्त्रीहरुको नै आपसमा विवादित भनाईहरु सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसका प्रक्रियागत आधार सहितको कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको हो । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले विमानस्थल निर्माणबारे वन मन्त्री र पर्यटन मन्त्रीको विवादास्पद अभिव्यक्ति आइरहेको भन्दै विस्तृत कार्ययोजनासहित सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।

‘साइट क्लियरेन्सको जिम्मा नेपाली सेनालाई दिइसकेका बेला आज आएर बखेडा किन ?’, भन्दै उहाँले प्रश्न गर्नुभयो । विभिन्न विषयको बखेडा झिकेर वनमन्त्री र पर्यटन मन्त्रीले आयोजना निर्माणका सम्बन्धमा हल्का कुरा गरेको दावी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजना अघि बढाउने कि नबढाउने ? राष्ट्रिय गौरवको आयोजना हो भने कति समयमा पार लगाउने यसलाई ? संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्री आफै सदनमा आएर साइट क्लियरेन्सको बारेमा, मोडालिटीको बारेमा, ईआईए को रिपोर्टको बारेमा लगायत क्षेत्रफल कति हुने लगायत सदनलाई जानकारी दिनुपर्छ ।’ 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया