सलमान खानले अब रेमो डिसूजासँग काम नगर्ने

 असोज ९, २०७५ मंगलबार १७:१७:३० | एजेन्सी

बलिउड सुपरस्टार सलमान खानको अभिनय तथा रेमो डिसूजाको निर्देशनमा बनेको फिल्म ‘रेस ३’ बक्स अफिसमा नमज्जासँग फ्लप भयो । 

एक सय करोड भन्दा बढीको व्यापार गरे पनि ‘रेस ३’ लाई न त दर्शकले मन पराए न फिल्म समीक्षकले यस फिल्मलाई सुपरहिट माने ।  बरु ‘रेस ३’ लाई सन् २०१८ मा सलमान खान र रेमो डिसुजाको सबैभन्दा खराब फिल्मको रुपमा लिइयो । 

यी सबै कुरा भएपश्चात अहिले सलमान खान उनको अर्को फिल्म ‘भारत’ छायाँकंनको काममा व्यस्त भइसकेका छन् तर यस फिल्मका निर्देशक रेमो डिसुजा भने ‘रेस ३’ को असफलताले दिएको झड्कालाई अझै बिर्सन सकेका छैनन् । 

रेमोले एक सञ्चारमाध्यमका साथ कुराकानीमा भने, ‘छायाँकंनको क्रममा फिल्ममा कैयौं परिवर्तनहरु गरियो । यही कारण फिल्मलाई ठूलो हानी भयो । साथै पहिले स्क्रिप्टमा फिल्मका पात्रहरुको भूमिका पनि फरक थियो तर पछि सलमान सेटमा आएपछि सबै पात्रको भूमिकामा पनि परिवर्तन गर्न लगाएका थिए ।’ 

निर्देशक डिसूजाले सिधै नभने पनि उनी फिल्म ‘रेस ३’ असफल हुनुमा सलमान खानलाई दोष लगाइरहेका थिए । खबरहरुका अनुसार रेमोको यस किसिमको आरोपलाई सलमानले पचाउन सकेनन् । तसर्थ सलमानले अब आइन्दा कुनै पनि किसिमको प्रोजेक्टमा काम गर्दा रेमोसँग सहकार्य नगर्ने निर्णय लिएका छन । 

फिल्म ‘रेस ३’ का निर्माता रमेश तौरानीले यो फिल्म रिलिजको समयमै यसको सिक्वेल ‘रेस ४’ बनाउने घोषणा गरिसकेका छन् । साथै ‘रेस ४’ मा पनि सलमान खान हुने कुरा पनि बताइसकेका थिए । तर अब बन्ने फिल्म ‘रेस ४’ को निर्देशनको जिम्मा भने रेमो डिसूजालाई दिइने छैन । 

खबरहरुका अनुसार सलमान खान फिल्म ‘रेस ३’ को छायाँकंनको क्रममा निर्देशक डिसूजालाई फिल्ममा के गर्ने र के नगर्ने बारेमा बताउने गर्दथे । अनिल कपूर जस्ता दिग्गज अभिनेता पनि सलमानले भने अनुसार नै चलिरहेका थिए । त्यही समयदेखि नै रेमोले बुझिसकेका थिए, यो फिल्म उनको हात बाट फुस्किसकेको छ ।

उनलाई यो पनि थाहा भइसकेको थियो कि त्यस फिल्मका लागि उनी केही पनि गर्न सक्दैनन् । किनकी जब सलमान खान फिल्मलाई आफ्नो हातमा लिन्छन् त्यसपछि उनले भनेअनुसार चल्नु पर्ने हुन्छ या त फिल्म छोडेर बाहिरिनु पर्छ । 

सलमानको अर्को फिल्म ‘ट्यूबलाइट’ छायाँकंनको क्रममा त्यस फिल्मको निर्देशक कविर खान र सलमानबीच यही कुरामा मनमुटाव भएको थियो । ‘रेस ३’ को छायाँकंनको बेला देखि निर्देशक रेमो डिसूजाले पनि सोचिसकेक थिए कि अब ‘रेस ४’ मा सलमान खानका साथ निर्देशनको काम गर्ने छैनन् । 

फिल्म ‘रेस ३’ का निर्माता रमेश तौरानीले सञ्चारमाध्यमका अगाडि ‘रेस ४’ निर्माण गर्ने बताए पनि यस फिल्मको आधिकारिक घोषणा हुन बाँकी छ । तसर्थ सलमानको अब बन्ने फिल्म ‘रेस ४’ मा निर्देशनको कामको जिम्मा कसलाई दिइनेछ त्यो हेर्न निकै रोचक हुनेछ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया