‘सरोगेसी’ बाट आमाबुवा बन्ने सेलिब्रिटीहरु

 असोज ९, २०७५ मंगलबार १९:१८:३ | एजेन्सी
unn.prixa.net

अविभावक बन्नका लागि आजको समयमा परम्परागत माध्यम मात्रै सीमित छैन । मानिसहरु अहिले विकल्पको रुपमा बच्चा एडप्ट गर्ने, शुक्राणु र अण्डा दान र सरोगेसीको माध्यमबाट सन्तानको इच्छा पूरा गरिरहेका छन ।

तर अझै पनि यी सबै कुरालाई समाजमा सहज रुपमा हेरिँदैन । तैपनि अहिले सरोगेसी अविभावक बन्ने एक लोकप्रिय माध्यम बनेको छ । अहिले कैयौं चर्चित कलाकारहरु यही प्रविधिको प्रयोग गरेर आमा बुवा बनेका छन । 

आज हामी सरोगेसीको माध्यमबाट आमा बुवा बनेका तिनै चर्चित अभिनेता तथा कलाकारहरुको बारेमा चर्चा गर्दैछौं । 

१. शाहरुख खान 

बलिउडमा सरोगेसीको माध्यमबाट सन्तान सुख प्राप्त गर्नेहरुको लिस्टमा शाहरुख खान र गौरी खानको नाम पहिलो नम्बरमा आउँछ । शाहरुख र गौरीले तेस्रो सन्तानको रुपमा छोरा अबरामलाई सरोगेसीको सहायतामा जन्म दिएका छन । बलिउड कलाकारका सन्तानहरु मध्य अबराम खान मिडिया निकै चर्चित छन । 

२. आमिर खान

अभिनेता आमिर खान र उनकी दोस्री पत्नी किरण रावले पनि सरोगेसीको सहायताबाट अविभावक भनेका छन् । आमिर र किरणले सरोगेसी सेलिब्रेटी एजेन्सीको सहयोगबाट एक छोरालाई जन्म दिएका छन ।  उनीहरुले छोराको नाम आजाद राव खान राखेका छन । 

३. सारा जेसिका पार्कर 

सेक्स एण्ड द सिटी फेम अमेरिकी अभिनेत्री सारा जेसिका पार्कर र उनका पति मेथ्यू ब्रोडरिकले सन् २००९ मा जुम्ल्याहा छोरी म्यारिवन र ताबिथालाई सेरोगेसीको सहायताबाट जन्म दिएका छन ।

४. जिम्मी फेलोन 

करिब ५ वर्षसम्मको  प्रयासपछि पनि अविभावक बन्न नसकेपछि अमेरिन कमेडियन तथा टिभी होस्ट जिम्मी फेलोन र उनकी पत्नी नान्सी जुभोनेनले अन्नतः सरोगेसीको सहाराबाट अभिभावक बनेका थिए । अहिले यी दुवै सरोगेसीको सहायताबाट २ छोरीका आमाबुवा बनेका छन । 

५. करण जोहर

बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहर विवाह नगरिकनै २ जुम्ल्याहा सन्तान एक छोरा र एक छोरीका पिता भएका छन् । उनले छोरालाई उनका बुवाको नाम यश जोहरकै नाम यश राखेका छन भने छोरीको नाम रुही राखेका छन । उनले छोरीको नाम आफ्नी आमाहरुको नामलाई नै उल्टा तरिकाबाट रुही बनाएर राखेका छन । 

६. कृष्णा र कश्मिरा शाह

 

भारतीय कमेडियन कृष्णा र उनकी श्रीमती कश्मिरा शाहले पनि सरोगेसीको माध्यमबाट जुम्ल्याहा सन्तान जन्माएका छन । 

७. सोहेल खान 

सलमानका भाइ साेहेल खान र उनकी पत्नीबाट एक सन्तानको जन्म भइसकेको थियो । पहिलो सन्तानको रुपमा छोराको जन्म भएको १० वर्षपछि सोहेल खान र उनकी पत्नी सिमाले फेरि अर्को सन्तानको इच्छा सरोगट आमाको माध्यमबाट पूरा गरेका छन । 

८. नील प्याट्रिक ह्यारीस र डेभिड ब्रुटका

अमेरिकी अभिनेता नील पेट्रिक ह्यारीस र उनका जीवन साथी डेभिड बु्रटकाले सन् २०१० मा २ सन्तान सरोगेसीकै माध्यम बाट जन्माएका छन । नील र डेभिड दुवैले आ–आफ्नो स्पर्म सरोगेट आमालाई दिएर जुम्ल्याहा सन्तान जन्माएका हुन ।  

९. तुसार कपूर 

बलिउड अभिनेता तुसार कपूरले अहिलेसम्म विवाह गरेका छैनन् । तर उनले पिता बन्ने इच्छा भने सरोगेसीको सहायताबाट पूरा गरेका छन् । उनी यस पद्दतिको सहायता बाट एक छोराका पिता बनेका हुन् । तुसारको यस निर्णयको बलिउडका कलाकारहरुले निकै प्रशंसा गरेका थिए । 

१०. निकोल किडम्यान 

चर्चित अभिनेत्री निकोल किडम्यान हलिउड सुपरस्टार टम क्रुजकी पूर्व पत्नी हुन । निकोल र टमले २ सन्तानलाई एडप्ट गरेका थिए । पछि उनले किथ अर्बनका साथ दोस्रो विवाह गरिन् । निकोल र किथको पहिलो छोरी सन्डे रोज जन्मेको ३ वर्षपछि दोस्रो छोरी फेथलाई सरोगेसीको माध्यमबाट जन्म दिएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया