सावधान :फोटो खिच्दा युएईमा एक करोड ६० लाख जरिवाना हुने

 असोज १०, २०७५ बुधबार १२:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सडक दुघर्टनाका विभत्स खिच्दै हुनुहुन्छ ? वा त्यस्ता फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ ? 

सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ । 

यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको छ । हेर्दै डरलाग्दा देखिने त्यस्ता सामग्री राख्नेलाई युएईको साइबर क्राइम ल अनुसार जरिवाना गरिनेछ ।  

आबुधाबी पुलिसका निर्देशक ब्रिगेडियर खलिफा मोहम्मद अल खैलीले भन्नुभयो, ‘दुघर्टना भएको ठाउँमा गएर फोटो तथा भिडियो लिँदा उद्धार गर्न बाधा हुने भएकाले यो निर्णय गरिएको हो । साथै यस्ता सामग्रीले समाजमा नकरात्मक सन्देश समेत जान्छ ।’ 

साथै सामाजिक सञ्जालमार्फत व्यक्तिगत गोपनियता हनन गर्नेलाई पनि यही नियम अनुसार कारबाही गरिने गल्फ न्युजले जनाएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया