राजकुमार लेखीलाई हराउँदै थाकसको अध्यक्षमा धनीराम चौधरी निर्वाचित

 असोज १०, २०७५ बुधबार १२:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – थारु कल्याणकारिणी सभा (थाकस)को २२ औँ महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित हुनुभएको छ । 

धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महासचिव राजकुमार लेखीलाई १२ भोटले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवणकुमार चौधरीले जानकारी दिनुभयो । 

धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट प्राप्त गर्नुभयो ।  यस्तै अध्यक्षमा उम्मेदवारी दिएका अर्का उम्मेदवार विश्राम महतोले भने जम्मा १० भोट प्राप्त गर्नुभयो । 

यस्तै थारु कल्याणकारिणी सभा जिल्ला सभापतिहरुमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् । झापाबाट हरिनारायण चौधरी सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका छन् भने मोरङबाट कन्नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन्। 

यस्तै उदयपुरबाट जयराम पञ्जियार, सप्तरीबाट साबित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन्। 

त्यसैगरी बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देहप्बाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्य चयन भएका छन्। 

यस्तै कपिलवस्तुबाट जञ्जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्यमा सर्वसम्मतिले चयन भएका छन्। 

त्यस्तै थारु कल्याणकारिणी सभाले ९ जना महिला केन्द्रीय सदस्यहरुको लागि १३ जनाले उम्मेदवारी दिएपछि चुनाव गराउनु परेको थियो। 

महिला केन्द्रीय सदस्यहरुमा निर्वाचित हुनेहरुमा  दिलकुमारी चौधरी, विष्णकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्रा कुमारी चौधरी, इन्दु चौधरी, सरस्वती चौधरी, उर्मिलादेवी चौधरी र लक्ष्मी चौधरी हुनुहुन्छ । 

निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनु भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया