यस्तो भएमा मात्रै रोजर फेडेररले सन्यास लिनेछन्

 असोज १०, २०७५ बुधबार १३:२१:३९ | एजेन्सी

विश्व टेनिसलाई नियाल्ने कुनै पनि खेलप्रेमीका लागि यो नाम नौलो होइन । टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता ग्राण्डस्लाम २० पटक जित्दै फेडेररले फुटबलमा पेले, म्यारोडोनाको उचाइ भेट्टाइसकेका छन् । 

सन् २००३ मा पहिलो ग्राण्डस्लाम जितेका फेडेररले सन् २०१८ मा २०औँ ग्राण्डस्लाम जितेका छन् । ग्रास कोर्टका बादशाह मानिएका फेडेररले आठवटा विम्बल्डन जितेका छन् भने ६ वटा अष्ट्रेलियन ओपन, पाँचवटा यूएस ओपन र एउटा फ्रेन्च ओपन जितेका छन् ।

फेडेरर अहिलेसम्म सक्रिय रहेका टेनिस खेलाडीमा सबैभन्दा पाका हुन् । ३७ वर्षे फेडेररलाई पछिल्लो समयमा उठ्ने गरेको प्रश्न होः सन्यास कहिले लिनुहुन्छ ?

एन्डी रोडिक फाउण्डेसनको कार्यक्रमका लागि अमेरिका पुगेका फेडेररले जवाफ दिए, ‘जबसम्म मुख्य प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्षम रहनेछु, तबसम्म खेल्नेछु ।’

‘मेरो मतलब, मलाई टेनिस प्रति माया छ । र खेल्न मन पराउँछु ।’

‘टेनिस भन्नेबित्तिकै म सँधै उत्साहित हुन्छु ।’

‘एन्डी (रोडिक) जस्तै मलाई पनि यो विश्वास लाग्छ की म उत्कृष्टलाई खेलाडीलाई पनि हराउन सक्छु जसका कारण मुख्य प्रतियोगितामा उपाधिको दाबेदारिता प्रस्तुत गनृ सक्छु । जब हारले निरन्तरता पाउँछ, त्यसपछि सन्यास सोच्ने बेला आउँछ’, फेडेरर भन्छन् ।

‘म सहभागिताका लागि मात्र सहभागिता जनाउन चाहन्न ।’

‘कुनै कुराबाट आनन्द लिन सकेको खण्डमा त्यसलाई निरन्तरता दिन सकिन्छ । मलाई टेनिसको अभ्यासमा अनन्द आउँछ, पत्रकार सम्मेलनमा आनन्द आउँछ’, फेडेरर भन्छन् ।

‘जबसम्म मेरो शरीरले साथ दिन्छ र मेरो परिवार खुसी रहन्छ, त्यसबेलासम्म खेल्छु ।’

-एक्सप्रेस डट सीओ डट यूकेबाट
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया