सामसुङको एन सिरिजका टेलिभिजन बजारमा

 असोज १०, २०७५ बुधबार १४:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सामसुङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन सिरिज सामसुङ एन सिरिज बजारमा ल्याएको छ ।  

टेलिभिजनका सम्पूर्ण रेन्जहरु HD, FHD, UHD टिभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् । साथै स्मार्ट र नन स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको छ ।

नेपालमा उपलब्ध २०१८ मोडेलको UHD प्रिमियम सेग्मेन्ट तथा स्मार्ट कन्सर्न रेन्जहरु उपलब्ध रहेको छन् । UHDटिभी मा Samsung N-Series प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिको प्रयोगसँगै अब दर्शकहरुले उच्चस्तरीय पिक्चर क्वालिटी प्राप्त गर्न सक्नुहुने छ । Smart concert मोडेलहरु HDR प्रविधिद्वारा सुसज्जित रहेका छन् । Smart concert का N5300  तथा N5300 मोडेलमा विशेष श्रव्य प्रविधि रहेको छ, यसले ४ सराउन्डिङ्ग च्यानलहरुमा अद्वितीय ४० वाट साउन्ड प्रदान गर्दछ । 

Samsung N-Series  टेलिभिजनहरु सामसुङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत् नजिकैको आधिकारिक विक्रेतामार्फत् खरिद गर्न सकिने छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया