धनुषामा एक पेस्तोल र ६ राउण्ड गोलीसहित २ जना पक्राउ

 असोज १०, २०७५ बुधबार १४:१६:२० | उज्यालो सहकर्मी

धनुषा – धनुषामा एउटा पेस्तोल र त्यसमा प्रयोग हुने  ६ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् । 

धनुषाको कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका ८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धानको विशेष टोली, सिरहा प्रहरीको टोली र इलाका प्रहरी कार्यालय खजुरीको संयुक्त टोलीले बुधबार दिउँसो धनुषाको विदेह नगरपालिका –१, ठाडी झिजाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ दुवैजनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिनुभयो ।  

पक्राउ दुवै जना लुटपाटको घटनाहरुमा संलग्न हुने गरेको प्रहरीको अनुमान छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया