कसरी भर्ने डीभी ?

 असोज १०, २०७५ बुधबार १४:२८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी चिट्ठा असोज १७ गतेबाट खुल्ला गर्ने जनाएको छ ।

दूतावासको जानकारी अनुसार डीभी  चिट्ठा सन् २०१८ अक्टोबर ३ अर्थात नेपाली समयअनुसार असोज १७ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०२० का लागि खुल्ला गरिएको डीभी चिट्ठा कात्तिक २० गतेसम्म भर्न सकिने छ ।

डीभी भर्नका लागि www.dvlottery.state.gov  मा लग इन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ । 

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ ।  तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

9 Comments

  • saujanaya singh

    Sept. 27, 2018, 12:29 p.m.

    open from 9:45 am or p.m ??

  •  0 Reply
  • Tika Prasad Bhusal

    Sept. 27, 2018, 1:23 a.m.

    If i select I work honest, helpfully and hard working

  •  0 Reply
  • Bhesharaj Banstola

    Sept. 26, 2018, 10:56 p.m.

    USA is not our country so its not good to fillup the form. We have to do some thing to our country.

  •  0 Reply
  • Manoj Kumar chaudhary

    Sept. 26, 2018, 10:14 p.m.

    Thanks

  •  0 Reply
  • Manoj Kumar chaudhary

    Sept. 26, 2018, 9:56 p.m.

    Thanks. Try do i am also

  •  0 Reply
  • Guljar shekh

    Sept. 26, 2018, 8:51 p.m.

    Business

  •  0 Reply
  • Sunita aale rana magar

    Sept. 26, 2018, 5:55 p.m.

    I would like to fill up the form

  •  0 Reply
  • Som bahadur sen

    Sept. 26, 2018, 4:50 p.m.

    I need to go usa

  •  0 Reply
  • Rohit karki

    Sept. 26, 2018, 2:36 p.m.

    no

  •  0 Reply

तपाईको प्रतिक्रिया