‘पर्यटन वर्ष २०२०’ सफल बनाउन पर्यटन व्यवसायीलाई मन्त्री अधिकारीको आग्रह

 असोज १०, २०७५ बुधबार १५:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सरकारसँग सहकार्य गरेर अघि बढन पर्यटन व्यवसायीहरुलाई आह्वान गर्नु भएको छ । 

मन्त्री अधिकारीले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई ध्यानमा राखेर सरकारले पोखरा र चितवनको सौराहामा पर्यटक बसपार्क स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो । उहाँले काठमाडौंमा पनि पर्यटक बसपार्क स्थापना अति आवश्यक रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न यातायात व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।

मन्त्री अधिकारीले पर्यटक सेवालाई प्रभावकारी बनाउन सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक बस सेवाको उचित व्यवस्था गर्न लागेको पनि जानकारी दिनुभयो । पर्यटकका लागि प्रभावकारी सेवा उपलब्ध गराउने व्यवसायीलाई मुनाफाको सुनिश्चित गराउने जिम्मेवारी सरकारले लिने मन्त्री अधिकारीको भनाई छ । 

नेपाल पर्यटन यातायात व्यवसायी संघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाउन सरकारले पहल गरिरहेको दावी पनि गर्नु भयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया