सुध्रियो चीन पठाउने गैंडाको आनीबानी

 जेठ २३, २०७५ बुधबार ८:५९:३ | रासस
unn.prixa.net

चितवन – चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहाको बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग नजिक हुन थालेको छ । 

सुरुमा मानिसलाई देख्ने वित्तिकै आक्रमक बन्ने गैंडा अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले गैंडालाई खोर(बोमा) भित्रै पुगेर कर्मचारीहरूले खानेकुरा दिन थालेका छन् । यसअघि खोर नै भत्काउला झैं गरेर गैंडा आक्रामक रूपमा प्रस्तुत हुन्थ्यो । “अझै अर्काे ठूलो बोमामा राख्ने बेला भएको छैन, अर्यालले भन्नुभयो, “अर्काे महिनाबाट सार्न मिल्छ की भन्ने अनुमान छ ।”

तिनीहरूको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधिका बारेमा पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन् । 

चारैतर्फ काठको फलेकले बारेर माथिपट्टि खुला गरी बनाइएको पिट बोमा छ । अर्का खुला खोरमा लगेर छाड्न समेत भने अलि भइसकेको छैन । अलि बानी परेपछि ती गैंडालाई अली ठूलो खुला खोरमा लगेर राखिने र त्यसपछि चीन पठाइनेछ ।

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ । अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर केटोलाई भारत पु¥याएको थियो । 

अन्य तीनवटा गैंडालाई भने गएको वैशाख महिनामा नियन्त्रमा लिएर बोमामा राखिएको थियो । चिकित्सकका अनुसार अहिले चारवटै गैैंडा तन्दुरुस्त छ । सरकारी निर्णय अनुसार चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिँदैछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया