अर्जेन्टिनाद्वारा इजरायलसँगको खेल रद्द

 जेठ २३, २०७५ बुधबार ९:१२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको तनाब र गाजा क्षेत्रमा इजरायली सेनाको ज्यादीको कुरा उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको जनाएको हो ।

यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई जोडेर प्यालेष्टिनी बालबालिकाले आफ्नो बाबुको  चिहानमाथि नखेल्न आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

गाजामा रहेका प्यालेस्टाइनीमाथि गरिरहेको व्यवहारका कारण इजारायलमाथि राजनीतिक दबाब छ । त्यस क्षेत्रमा हिंसा भड्किरहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया