राष्ट्रिय टेनिसमा निक र प्रेरणा च्याम्पियन

 असोज १०, २०७५ बुधबार १८:१६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुषतर्फ निक रासट्रप र महिलातर्फ प्रेरणा कोइराला च्याम्पियन बनेका छन् ।
 
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा पुरुषतर्फ निकले जितेन्द्र परियारलाई २–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।
 
पहिलो सेटमा ४–६ ले गुमाएका निकले त्यसपछिका दुई सेटमा क्रमसः ७–५ र ६–३ को जित निकाल्दै उपाधि पक्का गरे ।
 
त्यस्तै महिलातर्फ प्रेरणाले माहिका राणाको चुनौती पन्छाउँदै उपाधि जितिन् । उनले पनि १–० ले पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को सेटमा खेल आफ्नो पक्षमा पारिन् ।
 
पहिलो सेट ०–६ ले हारेकी प्रेरणाले दोस्रो सेट उत्कृष्ट पुनरागमन गर्दै ६–३ ले जितिन् । त्यस्तै तेस्रो सेट पनि ६–२ ले जितेर उनले सनसनीपूर्ण रुपमा उपाधि उठाइन् ।
 
प्रतियोगिता अन्तर्गत महिला डबल्सको उपाधि माहिका र मायांका दिदीबहिनी तथा पुरुष डबल्सको उपाधि कमल भण्डारी र प्रणव खनालको जोडीले मंगलबार नै जितेका छन् । प्रतियोगिता ५ दिनसम्म चलेको थियो । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया