कुटाेले हानेर श्रीमतीकाे हत्या

 असोज १०, २०७५ बुधबार १८:५०:३८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेको जानकी गाउँपालिका ६ को गनापुरमा रहेको फारामटोलमा माइतीघरमा बस्दै आएकी एक महिलाको श्रीमानको कुटाइबाट ज्यान गएको छ ।

सोमबार राति श्रीमानको कुटाइबाट घाइते भएकी २४ वर्षकी जानकी गिरिको बुधबार बिहान शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।

श्रीमानले जानकीलाई कुटोको बिडले प्रहार गरेको प्रहरीले जनाएको छ । सुरुमा अस्पतालमा ल्याउँदा बाहिरबाट चोट लागेको नदेखिएको र अवस्था सामान्य रहेको भनिएपछि बुधबार बिहान जानकीको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको हो । 

जानकीका श्रीमान भने फरार रहेका छन् । घटनापछि नै फरार रहेका जानकीका श्रीमानको खोजी कार्य भइरहेको जनाएको छ । जानकीका श्रीमान ३÷४ महिनादेखि ससुरालमा पत्नीसँगै बस्दै आएको प्रहरीले जनाएको छ । उनले शवको पोष्टमार्टम गरी शव परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

जानकीका श्रीमान भारतमा रोजगारी गरी चार महिनाअघि मात्रै नेपाल फर्केका थिए । जानकीका दुई सन्तान छन् । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया