टर्कीसँग रुस बराबरीमा रोकियो

 जेठ २३, २०७५ बुधबार ९:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप अघि अभ्यास खेलका क्रममा आयोजक राष्ट्र रुस टर्कीसँग बराबरीमा रोकिएको छ । विश्वकप अघिको अन्तिम अभ्यास खेलमा रुस र टर्की १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको ३६ औं मिनेटमा रुसका  एलेक्सेन्द्रे सामेदोभले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल खाएको टर्किले  दोस्रो हाफको ६० औँ मिनेटमा युनुस मल्लीले गोल फर्काउँदै खेल बराबरी गरेको थियो ।

विश्वकपको तयारीका क्रममा खेलिएका ७ खेल मध्य कुनै पनि खेलमा जित निकाल्न रसिया असफल भएको छ । मंगलबार रातिकै अर्को खेलमा सर्बियालाई चिलीले पराजित गरेको छ । सर्बियाले चिलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया