टिप्पर आतंक रोक्न चालकलाई टाइमकार्ड !

 असोज १०, २०७५ बुधबार १९:४६:२२ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा टिप्पर आतंक रोक्न चालकलाई टाइमकार्डको व्यवस्था लागू भएको छ ।

रिब्दीकोट गाउँपालिका ३ हार्थोक बजारमा बुधबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले चालकलाई टाइमकार्ड वितरण गर्नु्भएको हो । चालकलाई टाइम कार्ड वितरण गरेसँगै पाल्पामा टिप्परबाट हुने दुर्घटनामा कमी आउने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

टाइमकार्ड लागू भएपछि हार्थोक बजारदेखि बुटवलको सीमाना दोभानसम्म आउ–जाउ गर्न अढाई घण्टाको समय तोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारी दिनुभयो ।

टाइमकार्ड अनुसार नचल्ने टिप्पर चालकलाई सवारी ऐन अनुसार कारबाही गर्ने समेत प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया