एसिया कप : बंगालदेशले पाकिस्तानलाई ३७ रनले हरायाे, फाइनलमा भारतसँग खेल्ने

 असोज ११, २०७५ बिहिबार ६:४२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् । बुधबार रातिको खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगालदेशले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

पहिला ब्याटिङ गरेको बंगलादेशका लागि मुस्फिकुर रहीमले ९९ तथा मोहम्मद मिथुनले ६० रनको उत्कृष्ट पारी खेले पछि पाकिस्तानलाई २४० रनको लक्ष्य दिएको थियो । यो संगै बंगलादेशले अहिले सम्म उपाधि जित्न नसके पनि तेस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले  लक्ष्य पछ्याउने क्रममा ९ विकेट गुमाउँदै २०२ रनमा रोकिएको थियो । पाकिस्तानका आलगि इमाम उल हकले ८३ रन बनाएका थिए । बंगलादेशका मुस्ताफीजुर रहेमानले ४ विकेट लिएका थिए ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया