युभेन्टसकाे जित यात्रा कायमै

 असोज ११, २०७५ बिहिबार ७:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

इटलीयन फुटबल प्रतियोगिता सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसले लिगमा लगातार छैटौं जित दर्ता गरेको छ ।

खेलको ११औं मिनेटमै पाउलो डिवालाले उत्कृष्ट एक्रोब्याटि शटमार्फत युभेन्टसलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा माटुइडीले क्लोज रेञ्जबाट गोल गरी २–० को अवस्थामा पु-याए ।

दुई खेलमा तीन गोल गरेको रोनाल्डोले यस खेलमा गोल गर्न सकेनन् । त्यसयता गोल पनि हुन सकेन र युभेन्टस विजयी भयो । उसले लिगका ६ खेलबाट १८ अंक जोडेको छ ।

यो सिजन युभेन्टसको ८८ वर्षयताकै शानदार सुरुआत हो । लिगमा छ उसले पछिल्लो तीन वर्षदेखि नै लगातार ६ खेलमा जित हासिल गर्दै आएको छ । तर, सिजनको कुरा गर्दा भने च्याम्पियन्स लिगमा भ्यालेन्सियाबिरुद्धको जित पनि जोडिएको छ ।

बुधबार राति नै भएका खेलहरुमा नापोलीले पार्मालाई ३–० गोलले हराएको छ भने रोमाले फ्रोसिनोनलाई ४–० गोलले पराजित गरेको छ ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया