फ्रेन्च लिग वानमा पीएसजीकाे अपराजित यात्रा कायमै

 असोज ११, २०७५ बिहिबार ८:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

पीएसजीले फ्रेन्च लिग वानमा लगातार सातौं खेलसम्म अपराजित यात्रा कायमै राखेकाे छ। यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको पीएसजीले स्टेड रेइम्सलाई ४-१ ले पाखा लगाएकाे हाे । पीएसजीले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै थप ४ गोल गरेको थियाे ।

घरेलु मैदानमा पीएसजीका लागि एडिन्सन कभानीले दुई तथा नेमार र थोमस मुनिएरले एक-एक गोल गरेका थिए । खेलको चौथो मिनेटमै ज्याभिएरले गोल गर्दै रेइम्सलाई अग्रता दिलाएका थिए पनि  पाँचौ मिनेटमा कभानीले पीएसजीका लागि बरारी गोल गरे ।

नेमारले २४औं र कभानीले ४४औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा पीएसजीले ३-१ को अग्रता लिएकाे थियाे । दोस्रो हाफमा एक गोल थप्दै पिएसजीले ४-१ काे सहज जित हात  पार्न सफल भयाे ।

जितपछि सात खेलबाट २१ अंक जोडेको पीएसजी अंक तालिकामा शीर्ष स्थानमा छ भने दोस्रो स्थानको लियोन १३ अंक सहित दाेस्राे स्थानमा छ । गएरातिकाे खेलमा डियोनलाई ३-० ले पराजित गर्दै १३ अंक पुर्याकाे हाे । समान अंक भएकाे मार्से गोलअन्तरका अाधारमा तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया