पुनर्निर्माण प्राधिकरणलाई सक्रिय बन्न अर्थमन्त्रीको निर्देशन

 जेठ २३, २०७५ बुधबार ११:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपछिको पुनर्निर्माणमा घरधनी, जनप्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सक्रिय हुन निर्देशन दिनुभएको छ ।

निजी आवास पुनर्निर्माण सम्बन्धि समस्या पहिचान र समाधानबारे काठमाडौं जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुनर्निर्माणमा दाताबाट लिएको ऋण र आन्तरिक स्रोतबाट खर्च गरिएको हुनाले यो खर्चको एकएक हिसाब राख्नुपर्ने बताउनुभयो ।

दाताबाट लिएको ऋण तिर्नुपर्ने भएकाले त्यसको सदुपयोगमा पनि अर्थमन्त्री खतिवडाले जोड दिनुभयो । आन्तरिक स्रोतबाट पुनर्निर्माणमा हुने खर्चको एक–एक पैसाको हिसाब नागरिकलाई दिनुपर्ने भएकाले इमान्दारीतामा पारदर्शिता हुने गरी काम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन थियो ।

उहाँले सहुलियपूर्ण र निव्र्याजी ऋण विवेकपूर्ण तरिकाले दिने बिषयमा राष्ट्र बैँकलाई उचित निर्णय गर्न निर्देशन दिनुभयो । अर्थमन्त्री खतिवडाले बचतकर्ताको बचत पनि नडुबोस् तर भूकम्पपछिको पुनर्निर्मिाणमा सहयोग पुग्ने गरी आवश्यक निर्णय लिन राष्ट्र बैंकलाई निर्देशन दिनुभयो ।

एक वर्षभित्र सबै भूकम्प प्रभावितको घर पुनर्निर्माण भइसक्नेगरी काम गर्न पनि अर्थमन्त्री खतिवडाले निर्देशन दिनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया