ए डिभिजन लिग सुरु भएको दोस्रो दिनदेखि नै स्थगित हुने

 असोज ११, २०७५ बिहिबार १८:१८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो शनिबारदेखि सुरु हुने पल्सर ए डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ । 

नेपाली टिम बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाने भएकाले उद्घाटन र दोस्रो दिनको खेल पछि ए डिभिजन लिग केही समयलाई स्थगित हुने पनि बिहीबार अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित पत्रकार सम्मेनलमा जानकारी गराइएको छ । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् ।

उनीहरुले खेलाडीको सूची पनि एन्फाको ए डिभिजन लिग कमिटीमा बुझाइसकेका छन् । लिग एन्फाको सातदोबाटो र हलचोक मैदानमा आयोजना हुन लागेका खेलहरुमध्ये पहिलो र दोस्रो दिनका खेल सातदोबाटोमा आयोजना हुने छ ।  उद्घाटन खेलमा त्रिभुवन आर्मी र एनआरटी भिड्नेछन् ।

स्थगनपछि खुल्ने लिगका खेलहरु दुवै ठाउँमा आयोजना हुने जनाइएको छ ।

ए डिभिजन लिगको उद्घाटनका लागि फिफाका प्रतिनिधि तथा  साउथ एसियाका फिफा रिजनल डेभलपमेन्ट अफिसर प्रिन्स रफर आउने छन् । उपाधि विजेताले ५० लाख तथा उप–विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया