१० वर्षीय बालकको हत्या गरेको आरोपमा काका पक्राउ

 असोज ११, २०७५ बिहिबार २०:२६:३१ | उषा तामाङ
unn.prixa.net

दोलखा –  शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा मृत अवस्थामा फेला परेका बालकको हत्याको आरोपमा दोलखा प्रहरीले मृतक बालककै काकालाई पक्राउ गरेको छ । 

भदौ २७ गतेबाट भैसे बजार जान हिँडेका १० वर्षीय बालक कुशल विकको हत्या आरोपमा मृतकको काका पर्ने २५ वर्षीय उमेश विकलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

शव फेला परेको २४ घण्टा नबित्दै अभियुक्त विकलाई पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । अभियुक्त विकले अपराध स्वीकार गरिसकेको र किटानी जाहेरी लिई थप अनुसन्धान अघि बढाइएको काफ्लेले बताउनुभयो ।

शैलुङ्गेश्वरका रमेश विश्वकर्मा र मैया विश्वकर्माको कान्छो छोरा कुशलको शव हराएको १५ दिन पछि बुधबार दिउँसो स्थानीय नागरिकले भेटेका थिए ।

शैलुङको भैसेडाँडाभन्दा २ किलोमिटर माथिको जङ्गलमा आधा शरीर पुरिएको अवस्थामा कुशलको शव फेला परेको थियो ।  
 

अन्तिम अपडेट: चैत २७, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया