कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
महोत्तरी – महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले लेखा अधिकृत पवनकुमार अधिकारीमाथि हातपात गरेको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् ।
मुद्धा दर्ता तथा कारबाही प्रक्रिया अगाडि नबढेसम्मको लागि जिल्लाभरिमा रहेको कार्यालयका आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पार्ने भएका छन ।
निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा असोज १२ गतेदेखि असोज १४ गतेसम्म ३ दिन आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पार्ने जनाइएको छ ।
साथै युनियनको जिल्ला कार्य समितिले प्रचलित ऐन, नियम र कानुन भएको अवस्थामा समेत जननिर्वाचित नगरप्रमुखले कर्मचारीमाथि अश्लील शव्दहरु प्रयोग गरी अभद्र व्यवहार गर्दै हातपात गरिनु दुःखद भएको बताएको छ ।
अघिल्लो आर्थिक वर्षको हिसाब बुझाउन नसक्दा कोलेनिकाले नयाँ आर्थिक वर्षको बजेट निकासा नगरेपछि महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कार्यलयका लेखा अधिकृत पवनकुमार अधिकारी (यादव) सँग तीन महिनादेखि हिसाब मागेका थिए ।
तर लेखा अधिकृत अधिकारीले हिसाब दिन आलटाल गरेपछि मेयर साहले बुधबार दिउँसो उनलाई आफ्नो कार्यकक्षमा बोलाएर दुई झापड लगाएका थिए ।
Yo galat tarika ho
Sept. 27, 2018, 9:22 p.m.Jana pratinidhi ko yo niyet.