काम सकेर होटलमा सुतेका कामदारको मृत्यु

 जेठ २३, २०७५ बुधबार १२:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – होटलमा सुतेका कामदारको रहस्यमय ढंगले ज्यान गएको छ । महेन्द्रनगर बसपार्क नजिक रहेको अपि होटलमा काम गर्ने बैतडी मेलौली नगरपालिका ३ आमचौरा बस्ने भाश्कर सुबेदीको राती होटलमा सुतेको अवस्थामा ज्यान गएको हो ।
 
बेलुका काम सकेर काउण्टरको तल भुईंमा सुतेका सुवेदी बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले बताउनुभयो । उहाँ अनुसार दुबैतिरको ढोका बन्द गरि काउण्टरको पछाडि सुतेको सीसीटीभीमा देखिएको छ ।
 
बिहान ४ बजे होटलमा बस्ने पाहुनाले ढोका खोल्दा नखुलेको र काउण्टरमा फोन गर्दा समेत फोन नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।

पोष्टमार्टमपछि मृत्युको कारणबारे खुल्ने प्रहरीको भनाई छ ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया