विश्व बैंकले नेपाललाई १३ अर्बभन्दा बढी ऋण दिने

 असोज १२, २०७५ शुक्रबार ६:४:५ | रासस

काठमाडौं - विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । 

विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा बिहीबार भएको बोर्ड बैठकमा नेपाललाई दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

ऋणस्वरुप प्राप्त हुने उक्त रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । उक्त परियोजना सडक विभागले सञ्चालन गर्नेछ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया