'एटिट्युड' राम्रो नभएको भन्दै माेउरिन्हाेले थर्काए रासफाेर्डलाई

 असोज १२, २०७५ शुक्रबार ८:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिमियर लिगको नयाँ सिजनको सुरुवातमा नै राम्रो प्रदर्शन गर्न नसकेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोस मोउरिनो र खेलाडीको सम्बन्ध अझै पनि सुध्रिन सकेको छैन । यसै क्रममा मार्कुस रासफोर्डसँग फेरि किचलो परेको छ । मोउरिन्हाले प्रशिक्षणका क्रममा रासफोर्डको एटिट्युड राम्रो नभएको भन्दै झपारेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत स्वीस क्लव योङ ब्याइज विरुद्धको खेलमा पनि उनको शारिरीक हाउभारु राम्रो नभएको भन्दै मोउरिन्होले आलोचना गरेका थिए । सो खेलमा रासफोर्ड सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । सो खेल र प्रशिक्षणपछि प्रशिक्षकले मोउरिन्होले २० बर्षे स्ट्राइकरले आफ्नो त्यो बानी परिवर्तन नगरे टिमलाई आवश्यक नभएको बताएका छन् ।

तर उनले प्रिमियर लिगमा वेष्टह्याम विरुद्धको खेलमा रासफोर्ड टिममा रहेको बताए । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया