सरकारी सेवा प्रभावकारी बनाउन ९ बुँदे प्रतिवद्धता

 जेठ २३, २०७५ बुधबार १३:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – वडाका सरकारी कार्यालयलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री बनाउनका लागि खोटाङको इन्द्रेणीपोखरीमा नौ बुँदे प्रतिवद्धता जुटाइएको छ । वडामा रहेका सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई नियमित र सेवाग्राहीमैत्री बनाउनका लागि खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा सामुहिक प्रतिवद्धता जुटाइएको हो ।

सरकारी कर्मचारीले कार्यालयमा नियमअनुुसार मात्र बिदा बस्न पाउने, कार्यालय प्रमुखको हकमा वडा समितिलाई जानकारी गराएर मात्र विदा बस्ने, कर्मचारीको निरन्तर मूल्यांकन गर्ने, शिक्षकले बिहान १० बजेदेखि ४ बजेसम्म अनिवार्य विद्यालयमा उपस्थिति देखाउनु पर्ने, विद्यालयमा आवश्यक शैक्षिक सामग्री जुटाउन वडा कार्यालयले सहयोग गर्ने लगायतका प्रतिवद्धता गरिएको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो । 

वडामा रहेका सरकारी कार्यालय तथा शैक्षिक संस्थाका प्रमुख लगायतको बैठकले सेवालाई प्रभावकारी बनाउन सामुहिक प्रतिवद्धता गरेका हुन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया