पूर्व प्रेमी रणवीर कपूरका कारण विवाह गर्न सकिरहेकी छैनन् दीपिका

 जेठ २३, २०७५ बुधबार १३:३५:३३ | एजेन्सी

बलिउडका अभिनेत्रीहरु एक पछि अर्को गर्दै लगन गाँठो कसिरहेका छन् । अभिनेत्री अनुष्का शर्मा, सोनम कपूर र नेहा धुपियाले एक पछि अर्को गर्दै विवाह गरेर घरजम गरिसकेका छन् । 

यसैबीच अब बलिउडमा दीपिका पादुकोण र रणवीर सिंहले पनि यही वर्ष विवाह गर्ने खबरहरु अहिले चर्चामा छन् । कतिपय सञ्चार माध्यमले त दीपिका रणवीर यही वर्षको अक्टोबर वा नोभेम्बर महिनामा विवाह गर्ने खबर पनि छापे । तर फेरि अहिले उनीहरुको विवाहको विषयमा अर्को ट्विस्ट आएको छ । 

खबर अनुसार रणवीर सिंह दीपिकाका साथ विवाह गर्न तयार छन् ।  दीपिका पनि पे्रमी रणवीरका साथ विवाह गर्न उत्साहित छिन् । तर उनी विवाह गरिहाल्न भने डराइरहेकी छिन् । साथै दीपिका विवाहका विषयमा कुनै पनि प्रतिकृया दिन समेत दिक्क मानिरहेकी छिन् ।

दीपिका पूर्वप्रेमी रणवीर कपूरबाट धोका पाएपछि अरुलाई विश्वास गरिहाल्न सकिरहेकी छैनन् । बलिउडमा करिअर सुरु गरेसँगै रणवीरसँगको गहिरोप्रेममा परेकी दीपिका ब्रेकअपपछि उनी नराम्रोसँग टुटिसकेकी छिन् । यही कारण दीपिका विवाहको विषयलाई लिएर अझै हिचकिचाइरहेकी छिन् । 

खबर अनुसार एक समयमा दीपिका आफ्नो करिअरलाई छोडेर रणवीर कपूरका साथ विवाह गरेर घरजम गर्न चाहन्थिन् । तर दीपिका र रणवीर बीचको प्रेम सम्बन्ध अगाडि बढ्न सकेन । जसका कारण दुवैले एकअर्कासँग छुट्टिनु पर्‍यो । 

सम्बन्ध टुटेपछि अभिनेता रणवीर कपूर कट्रिना कैफको प्रेममा डुबे उता दीपिकालाई भने यसले ठूलै झड्का लाग्यो । दीपिकालाई विछोडको पीडा बिर्सन लामो समय लाग्यो । एक पटक प्रेममा धोका पाइसकेकी दीपिकालाई त्यसै कुराको डरले अहिले विवाह गर्ने निर्णय लिन डराइरहेकी छिन् । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया