वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
काठमाडौं – पछिल्ला वर्षहरुमा सिजरियन डेलिभरी अर्थात शल्यक्रिया गरेर बच्चा जन्माउनेहरुको संख्या बढेको छ ।
यसरी बच्चा जन्माउँदा पीडा कम हुन्छ र तुलानात्मक रुपमा सुरक्षित पनि मानिन्छ । यसै विषयमा विना न्यौपानेले ग्रीनसिटी अस्पतालमा कार्यरत प्रसुति रोग विशेषज्ञ डा. स्वस्ती शर्मासँग गरिएको कुराकानी गर्नुभएको छ ।
पहिला पहिला थोरै जनसंख्या थियो । डेलिभरी कम थियो । सिजरियन पनि कम हुन्थ्यो । त्यतिबेला डाक्टर धेरै हुँदैन थिए । तर अहिले गाउँगाउँको सरकारी अस्पतालमा पनि डाक्टरलाई तालिम दिएर पठाएको छ । त्यसैले यो संख्या बढेको हो ।
अर्को कुरा पछिल्लो समयमा सुत्केरी गराउँदा जोखिम बढेकाले पनि सिजरियन डेलभरीको सँख्या बढेको हो ।
नर्मल डेलिभरी आफैं हुनुपर्ने हो । सहन नसक्ने अवस्था भएपछि मात्र डाक्टरले सिजरियन गर्न भन्छन् । नर्मल भयो भने डाक्टर अनि बिरामीलाई पनि सजिलो हुन्छ । कसैले पनि जोखिम लिन चाहँदैनन् । फेरि हिजोआज थोरै पनि पीडा सहन नसक्ने भएर नै सिजरियन गर्नुपर्ने भएको हो ।
सिजरियन गर्नुपर्ने धेरै अवस्था हुन सक्छन् । पाठेघरको मुखमा नै साल आएर बसेको छ भने गर्नै पर्ने हुन्छ । त्यस्तै बच्चाभन्दा पहिला साल आयो भने त झनै खतरा हुन्छ । धेरै रगत बग्छ । अक्सिजन नपुगेर बच्चाको ज्यानै जान सक्छ । आमाको हड्डी एकदम सानो छ भने, साल बच्चाको घाँटीमा बेरिएको छ भने, बच्चा ठूलो र आमाको शरीर सानो छ भने सिजरियन गर्नु पर्ने हुन्छ । यस्तो कुरा जाँच गर्ने बेलामा नै डाक्टरलाई थाहा हुन्छ ।
कतिपयले आफ्नो बच्चा चलेन भनेर आउनुहुन्छ । बच्चाको ढुकढुकी मन्द गतिमा हुन्छ । कहिलेकाहीँ बच्चाले पेट भित्रै दिसा गरेको हुन्छ, अनि बच्चाको खानेकुरा पनि त्यही हुन्छ । त्यही दिसा खानाले बच्चाको छाती खराब हुन्छ । बच्चाको हात पहिला नै निस्किन्छ । त्यसकारण पनि सिजरियन गर्नै पर्ने हुन्छ ।
यसमा बच्चा कस्तो अवस्थामा निकालिएको थियो, डाक्टर कस्तो थियो भन्नेमा भर पर्छ । पाठेघरलाई सिलाउँदा कुन तहमा सिलाइएको छ भन्नेमा पनि भर पर्छ । एउटा तह अथवा दुईवटा तहमा मात्रै सिलाउने चलन हुन्छ, त्यो डाक्टरमा भर पर्छ ।
पाठेघरमा पनि भर पर्छ, । कहिलेकाहीँ सिलाएको ठाउँमा नै चुँडिएर भित्र नै धेरै रगत बग्न सक्छ । त्यसैको डरले एकपटक शल्यक्रिया गरेपछि अर्कोपटक पनि शल्यक्रिया नै गर्नु पर्छ भनिएको हो ।
किनभने कसैकसैको त महिना नै नपुगेर २० हप्ता २२ हप्तामा पनि पाठेघरको ‘स्कार्ब’ टुटेर बच्चा बाहिर निस्केर रगत बगेको हुन सक्छ । त्यसैले अकपटक अप्रेसन गरेपछि डाक्टर राम्रो छ भने दोस्रो पटक पनि अप्रेसन नै गर्दा राम्रो हुन्छ । तर बच्चा जन्माउने अन्तर कम्तिमा पनि ३, ४ वर्षको हुनु पर्छ ।
डाक्टरहरुले बच्चा जन्मनु भन्दा पहिला नै अल्ट्रासाउण्ड गरेर हेरेका हन्छन् । सबै कुरामा विचार नपुर्याने हो भने त समस्या पनि हुन्छ । आफूले पनि हिसाब त गरिरहेका हुन्छन् ।
अन्तिम चरणमा, बच्चाको अवस्था, साल कस्तो छ भनेर हेरे पछि मात्रै भन्न सकिन्छ । हप्तामा गन्दा ३८ हप्ता पुगेको छ भने मात्रै निकाल्ने हो । नत्र भने बच्चाको छाती कमजोर हुन्छ, विभिन्न खालको संक्रमण हुने, सास फेर्न गाह्रो हुने हुन्छ ।
यस्तो होइन । नर्मल डेलिभरी गर्दा पनि त आमाको दूध नआउने समस्या हुन सक्छ । तर जब बच्चाले आमाको दूध चुस्न थाल्छ, अनि अक्सिटोसिन भन्ने हर्माेनको उत्पादन भएर दूध आउने हो । अब सिजेरेसन गर्दा आमा बेहोस हुन्छ, आमालाई हेर्ने कि बच्चालाई दूध चुसाउने तिर लाग्ने भन्ने हुन्छ ।
त्यसै कारणले ढिलो दूध आउने हो । नर्मल डेलिभरीमा भने जन्मने बित्तिकै आमाको दूध चुसाउने भएर चाँडै दूध आउने हो । कोही कोहीको नर्मल डेलिभरीमा पनि दूध नआउने हुन्छ ।
यसमा धेरै कारणहरु हुन्छन् । त्यसमध्ये पनि अक्सिटोसिनको मात्रा नपुगेर पनि आमा दूध आउँदैन । आमाले झोल कुरा नखाएर, निप्पलहरु ब्लकेज भएर दूध नआउने हुन्छ । त्यसको लागि औषधि नै खानु पर्ने हुन्छ । अनि आमाले खानेकुरामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।
निजी अस्पतालमा कस्तो खालको बिरामी जान्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । पैसा खर्च गर्न सक्ने बिरामी जान्छन् । जसले अलिकति पनि पीडा सहन सक्दैनन् त्यस्ता व्यक्तिहरु जान्छन् । हिजोआज बिरामी पनि एकदम संवेदनशिल भएर गएका छन् ।
दुखाई भएपछि उनीहरु आफैं पनि सहन नसकेर शल्यक्रिया गरिदिनु भन्छन् । तर नर्मल डेलिभरी नै हाम्रो पहिलो प्राथमिकता हुन्छ । तर कहिलेकाहीँ साइत हेरेर आउँछन् र यहीबेला बच्चा निकालिदिनुस् पनि भन्छन् । कतिपयको लामो समयसम्म बच्चा नभएर बल्लबल्ल बच्चा रहेको हुन्छ । उनीहरु झन् बढी छिटो बच्चा जन्माउन खोज्छन् ।
६ हप्तासम्म विशेष ख्याल गर्नुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । बाहिरबाट आउने धेरैलाई कोठमा छिर्न दिन हुँदैन । थोरै मात्र हिँडडुल गर्नुपर्छ । पौष्टिक आहारमा ध्यान दिनुपर्छ ।