ताप्लेजुङका ठूला आयोजनाको काम ठप्प

 असोज १२, २०७५ शुक्रबार १९:२८:२५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प बनेको छ ।

उत्तर–दाक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अायोजनहरु ठप्प भएका छन् । नियमित रुपमा सञ्चालन हुनुपर्ने अयोजनाहरु अहिले ठप्प छन् । निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् ।

उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालय नै रहने नरहने भन्ने अन्योल भएपछि निर्माणको काम नगरेको ठेकेदारहरुको भनाई रहेको छ । चार वटा आयोजनाको ठेक्का पाएको सेवालुङ निर्माण सेवा प्रालिका प्रोपाइटर जसबहादुर लिम्बूले कार्यालयले लाइन लेबल नदिएका कारणले आफूले काम नगरेको बताउनुभयो ।

तामोर करिडोरको मुख्य उत्गम बिन्दुमा रहेको बानन्दे दोभान सडकको नालि बनाउने तथा ग्राबेल गर्ने ४ कारोडमा ठेक्का पाएको सेवालुङ निर्माण सेवाले काम अहिलेसम्म थालेको छैन । स्टमेट अनुसार काम गरे पनि कार्यालयका प्रविधिकहरु आएर लाइन लेबल अर्थात रेखदेख नगरेमा ठेकेदारले काम गर्न मिल्दैन, त्यसैले काम नगरेको प्रोर्पाटर लिम्बूले बताउनुभयो ।

त्यस्तै सेवालुङ निर्माण सेवाले गएको वर्ष १६ करोडमा ठेक्का पाएको फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका जोड्ने मोटर रेवल पुलको काम पनि अहिले  भएको छैन । गएको आर्थिक वर्षमा एकापट्टीको पिल्लर उठाइसकिएको छ । तर, अर्कापट्टीको पिल्लर उठाउन कार्यालयका प्राविधिक र ठेकेदार दुवैैको माइनेट गरी लाइन लेबल लिनुपर्ने हुन्छ ।

अहिले कार्यालयमा कुनै पनि कर्मचारी तथा प्राविधिक नभएका कारण त्यस हुन नसकेकाले यो ठूलो योजना ठप्प रहेको प्रोपाइटर लिम्बूले बताउनुभयो । यस आर्थिक वर्ष लागेयता अहिलेसम्म त्यो पुलको काम हुन सकेको छैन । चीनसगँ जोडिने ताप्लेजुङ–ओलाङचुङगोला सडक खण्डमा पर्ने तावाखोला र थिवाखोला माथिको मोटरेवल पुल ४÷४ कारोडको ठेक्का भए पनि अहिले यो आर्थिक वर्षमा काम भएको छैन ।

आगामी २०७६ साल असार मसान्तसम्ममा काम सकिनु पर्ने भए पनि ३० प्रतिशत काम मात्र भएको छ । अब अन्योलता भएमा ठेक्का अवधिमा काम गर्न कठिन हुने सेवालुङ निर्माण सेवाले जनाएको छ । त्यस कार्यालयबाट ठेक्का भई अहिल काम सञ्चालन भइरहनु पर्नेे १४ वटा निर्माणका आयोजनाहरु रहेका छन् । कार्यालयमा कुनै बजेट नआएको र काम गर्ने नगर्ने भन्ने अन्योल भएकोले ती योजना समेत ठेकेदारहरुले सञ्चालन नगरेको बताइन्छ । 

कार्यालयका निमित्त प्रमुख तथा लेखापाल रामकुमार खनालले आफूले साउनदेखि तलब नखाएको र अहिलेसम्म अफिस रहने नरहने कुनै जानकारी नआएको बताउनुभयो । ३१ जना कर्मचारी रहेको यो कार्यालयमा अहिले मइले कार्यालय रुगेर बसेको समेत लेखापाल खनाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया