गाई काटेको आरोपमा जेलमा रहेका चार जनालाई रिहा गर्न अदालतको आदेश

 असोज १३, २०७५ शनिबार ११:१६:१३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु– जिल्ला अदालत सोलुखुम्बुले गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका ४ जनालाई कैद मुक्त गर्न आदेश दिएको छ ।

सोलुखुम्बुको चौरीखर्कका दावाकाजी शेर्पा, बुङका गन्जधन कुलुङ राई र रजप्रसाद राई तथा नेचासल्यानका वडा नं २ का हेमन्त राईलाई कैद मुक्त गर्न जिल्ला अदालतले आदेश दिएको हो ।

पुरानो कानुन अनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका ४ जनाले यही भदौ ५ गते नयाँ कानुन अनुसार कैद घटाइ पाऊँ भनी निवेदन दिएका थिए । निवेदनमाथि अदालतले नयाँ कानुन अनुसारको ३ वर्षको कैद भुक्तान गरिसकेकाले कैद मुक्त गर्न आदेश भएको जिल्ला अदालत सोलुखुम्बुका नायव सुब्बा भगिस्वर रसाइलीले जानकारी दिनुभयो ।

दावा काजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही २२–२२ हजार जरिवानासहित र हेमन्त राईलाई बिना जरिवाना कैद मुक्त गरिएको हो । हेमन्तले गाई हत्या मात्र गरेकाले जरिवाना नगरिएको तथा अन्य ३ जनाले गाई चोरी समेत गरेकाले जरिवाना तिराइएको अदालतको ठहर छ ।

ती जना २०७१ असोज ८ गते प्रकाउ परेका थिए भने हेमन्त राई २०७० तत्रै १७ गते प्रकाउ परेका थिए । हेमन्तलाई २०७१ जेष्ठ १४ गतेको पैmसलाले थुनामा राख्न आदेश भएको थियो भने बाँकीलाई २०७२ मंसिर ७ गतेको पैmसलाले थुनामा राख्न आदेश दिएको भएको थियो ।    

उनीहरुलाई तत्कालीन प्रचलित कानुन अनुसार १२ वर्षको सजाय भएको थियो । नयाँ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपन्छी सम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्यामा ३ वर्ष कैद सजायको व्यवस्था भएकाले उनीहरुलाई कैद मुक्त गरिएको जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया