दाङमा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाउने ३ जनाकै पहिचान खुल्याे

 असोज १३, २०७५ शनिबार १५:५:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको राप्ती गाउँपालिका-४, दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा राप्ती गाउँपालिका ४ मौरीघाटका शिव चौधरीकी ३० वर्षीया छोरी श्यामाकुमारी चौधरी, ३५ वर्षीया बुहारी निनाकुमारी चौधरी र १२ वर्षीया नातिनी रोजिना चौधरी छन् ।

उनीहरु सबैको घटनास्थलमा ज्यान गएको हो । बिहान ९ बजे माटो लिन निस्केका उनीहरुको शव स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया