महिला सञ्चालित उद्योगलाई सुलभ ब्याजमा ऋण दिने सरकारकाे नीति छ: मन्त्री थापा

 असोज १३, २०७५ शनिबार १६:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताउनुभएको छ । 

ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले सञ्चालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताउनुभएको हो ।

महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशीलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्यून संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सीप विकासमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीकाे आयोजना उद्योग वाणिज्य महासंघको महिला विभागले गरेको हो । गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले सञ्चालन गरेका उद्योगको विकास र प्रवर्द्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिनुभयाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया