माओवादी विद्रोह : १५ वर्षपछि तत्कालीन एमाले नेता डांगीको सांकेतिक अन्त्येष्टि

 असोज १३, २०७५ शनिबार १६:५३:१६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  सशस्त्र द्वन्दकालमा बेपत्ता भएका परिवारका घरमुली फर्केर आउने आशा मारेर बाँकेमा एक परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका छन् ।

१५ वर्षअघि तत्कालीन विद्रोही माओवादीले अपहरण गरेका  राप्ती सोनारी गाउँपालिका २ अगैयाका लालबहादुर डांगीको परिवारले शुक्रबार राप्ती नदीको अगैयाघाटमा अन्त्येष्टि गरेका हुन् ।

तत्कालीन नेकपा एमालेका स्थानीय अगुवा कार्यकर्ता रहेका डांगीलाई २०६० साल असोज २ गते राति १ बजे तत्कालीन विद्रोही माओवादीले घरबाटै अपहरण गरेर लगेको परिवारले बताएका छन् ।

बुवाको अपहरण हुनासाथ वर्षौसम्म खोजी गरेको बताउँदै छोरा प्रेम प्रकाशले १५ वर्षको अवधीमा परिवारमा मानिसक तनावले सबै सदस्य प्रभावित भएको बताउनुभयो ।

लालबहादुरकी पत्नी र दुई छोरा क्रियामा बसेका छन् । हिन्दु धर्म अनुसार १३ दिनसम्म  धार्मिक क्रिया गरिने डांगी परिवारले जनाएको छ ।

डांगी परिवारले सरकारले निर्णय गरे अनुसारको सम्पूर्ण राहत रकम प्राप्त गरेको बताएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मदन वलीले डांगीको अन्त्येष्टिमा गाउँका अधिकांश मलामीको रुपमा सहभागी भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया